गजल

 प्रभातको झिसमिसेमा दुर बसी हेर्छे उसले
नयनका परेलामा गाजल घसी हेर्छे उसले
पोखरीको डिलमा बसी मट्का रित्तो हल्लाउँदै
कर्के नजर घुमाउँदै ज्यान कसी हेर्छे उसले
प्रेममय रास लिला रच्ने रहर मनमा बुन्दै
सप्तरङ्गी अक्षर कोर्दै रङ्गिन मसी हेर्छे उसले
हंशबथान शरम मान्छन्, उनको कामुक हेराईमा
शंका गर्दै मेरो नियत प्रेमको दशी हेर्छे उसले




Comments

Popular posts from this blog

नैतिक पतन देखिने फौजदारी कसुर; कानुनी प्रावधान र सर्वोच्च अदालतबाट भएका व्याख्याहरु