नैतिक पतन देखिने फौजदारी कसुर; कानुनी प्रावधान र सर्वोच्च अदालतबाट भएका व्याख्याहरु
अपराधको सामान्य परिचय कुनै पनि कार्य गर्दा वा नगर्दा समाजमा त्यसको नकारात्मक असर पुग्दछ भने समाजले त्यसता किसिमका कार्यलाई सामाजिक मुल्य र मान्यताको आधारमा बहिस्कार गर्ने वा त्यस्ता कार्यलाई निरुत्साहित गर्ने कार्य गर्दछ। समाजलाई असर पर्ने वा कुनै व्यक्ति वा समुहको अधिकार माथि प्रत्यक्ष वा परोक्ष रुपमा असर गर्ने प्रकृतिका कार्यहरुलाई राज्यले फौजदारी कानुनको माध्यमबाट दण्डनीय बनाएको हुन्छ। यसरी राज्यको फौजदारी कानुन विपरितका कार्य वा अकर्मण्यता नै अपराध हुन्। अर्को भाषामा भन्नु पर्दा राज्यले व्यक्तिलाई फौजदारी कानुनको माध्यमबाट केही कुरा गर्ने (जसलाई सकारात्मक कर्तव्य भनिन्छ) वा केही कुरा नगर्ने (जसलाई नकारात्मक कर्तव्य भनिन्छ) गरी निर्दिष्ट गरेको हुन्छ। त्यसरी राज्यको फौजदारी कानुनले निर्दिष्ट गरेको कर्तव्य पालना नगर्नु नै कानुनी अर्थमा अपराध हो यसको परिणाम दण्डात्मक हुने गर्दछ। अझ सरल भाषामा भन्ने हो भने प्रचलित कानुनले गर भनेको कार्य नगर्नु वा नगर भनेको कार्य गर्नु नै अपराध हो। सामाजिक दृष्टिमा अपराध गैह्र सामाजिक कार्य (Anti- social activities) हो। समय र परिस्थिति अनुसार अपराधको दाय...